६ मंसिर २०८३, आइतबार

काठमाडौं प्रशासनद्धारा ६ स्थानमा निषेधित क्षेत्र घोषणा, निर्वाचन आयोग घेराउ गर्न नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । धर्ना जुलुस लगायतका गतिविधि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निर्वाचन आयोगसहित त्यस वरपरका ६ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालसहितका दलले निर्वाचन आयोग घेराउ गरेकै दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले केन्द्रीय कार्यालय बहादुर भवनको उत्तरतर्फ केशरमहल चोक र दक्षिणतर्फ ज्याठागल्ली मोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यस्तै शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र उपराष्ट्रपति निवास क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । यी क्षेत्रमा धर्ना जुलुसलगायतका आन्दोलनका कार्यक्रम गर्न पाइने छैन ।