६ मंसिर २०८३, आइतबार

पक्राउ गरेलगत्तै बाबुराम भट्टराईले प्रहरी कार्यालयभित्र यो के गरे ?

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । निर्वाचन आयोग घेराउ गर्न जाँदा कान्थिपथबाट पक्राउ परेका नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी कार्यालयभित्रै धर्ना सुरु गरेका छन् ।

बाबुरामसहित हिसिला यमी, सीपी गजुरेल लगायत ५० जनालाई कान्तिपथबाट पक्राउ गरी २ नं. गण महाराजगञ्ज लगेको प्रहरीले महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा सारेलगत्तै क्लबभित्रै धर्ना सुरु गरिएको हो ।

बाबुरामसहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लवभित्रै धर्ना सुरु गरेको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् ।

निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ । र, नयाँलाई स्थानीय निर्वाचनका लागि तत्काल चुनाव चिन्ह दिन नसकिने बताउँदै आएको छ ।