१ कार्तिक २०८३, शनिबार

संविधान निर्माणको काम छाडेर विदेश सयरमा सभासद रमाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौँ, १२ असोज । दक्षिण कोरियाको  इन्चोनमा जारी एसियाली खेलकुदमा सभामुखको निर्देशन विपरित सांसदहरु गएको भन्दै समितिको बैठकमा सांसद रामहरि खतिवडाले छानबिन गर्नुपर्ने माग राख्नुभएको छ ।

खेलाडीलाई हौसला प्रदान गर्न र आगामी एसियाड नेपालमा आयोजना गर्न आग्रह गर्ने भन्दै नेपाली काँग्रेस, एमाले र एमाओवादीका पाँच सभासद आइतबार त्यसतर्फ प्रस्थान गरेपछि खतिवडाले यस्तो माग गर्नुभएको हो ।

काँग्रेसका सुजाता परियार र शारदा पौडेल, एमालेका जयन्ती राई र रीता रावल र एमाओवादीका निशाकुमारी शाह गरी पाँच सभासद दक्षिण कोरिया गएको उहाँको भनाई छ ।

एसियाडमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेकामा आपत्ति प्रकट भइरहेको बेला संविधान निर्माणको काम छोडेर विदेश गएको भन्दै समितिले सभामुखलाई ध्यानाकर्षण गराउनुपर्ने माग गरिएको थियो ।