६ मंसिर २०८३, आइतबार

कांग्रेसको घोषणा पत्र तयारी समितिले पूर्णता पायो, को–को छन् सदस्य ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिलाई पूर्णता दिएको छ ।

केन्द्रीय कार्यसमितिको चैत १३ गतेको बैठक निर्णयानुसार कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित समितिलाई ३५ सदस्यीय बनाएर शनिबार पूर्णता दिइएको हो । समितिले घोषणा पत्रको मस्यौदा तयार पार्नेछ ।

समितिमा डा.रामशरण महत, मीनेन्द्र रिजाल, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव रहेका छन् ।

रत्न शेरचन, मीन विश्वकर्मा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, सुजाता परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, विश्वप्रकाश शर्मा, डीला संग्रौला, किरण यादव र सुश्री सरिता प्रसाई सदस्य रहेका छन् ।

घोषणा पत्रको मस्यौदा तयार गर्दा समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग छलफल र परामर्श गर्नेछ । कांग्रेसका सबै सांसद आमन्त्रित सदस्य हुने छन् ।

समितिले पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्नुका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापति/अध्यक्षहरू छलफल गर्नेछ ।