६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री दाहालद्वारा देउवा र ओलीसँग परामर्शको तयारीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा मधेसी मोर्चाले थप गरेका प्रस्तावहरूका विषयमा उच्चस्तरमा दलीय परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग परामर्श गर्ने तयारी गरेको बुझिएको छ । स्रोतले भन्यो, ‘मधेसी मोर्चाले सहमतिका लागि थप नयाँ प्रस्ताव अगाडि ल्याएको छ । त्यस विषयमा सहमति खोज्न प्रधानमन्त्रीले गृहकार्य थाल्नु भएको छ । आजै शेरबहादुर देउवा र केपी ओलीसँग परामर्शको तयारीमा हुनुहुन्छ ।’

मधेसी मोर्चाले सीमाङ्कनको विषय तत्कालका लागि थाँती राख्नका लागि क्षेत्राधिकार तोकेर शक्तिशाली आयोग गठनका साथै दुई नम्बर प्रदेशमा मतदाता नामावली छुटेका एक लाखको नाम दर्ता गराउन दिनुपर्ने, केही समय स्थानीय तह निर्वाचनको मिति सानुपर्ने लगायतका माग अगाडि सारेको छ ।

मोर्चाको यो मागप्रति आशंकाहरू उब्जिएका छन् । कांग्रेसले समेत मधेसी मोर्चाको पछिल्लो माग र शर्तप्रति आश्चर्य व्यक्त गर्दै मोर्चालाई लचक बन्न सुझाव दिएको छ ।

प्रधानमन्त्री दाहालले देउवा र ओलीसँग परामर्श गर्ने भनिए पनि समयका विषय प्रधानमन्त्रीको निजी सचिवालयले केही बताएको छैन ।