१ कार्तिक २०८३, शनिबार

बाबुरामले निराश हुँदै भने–दलहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नै छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १२ असोज । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नै नभएको आरोप लगाउनु भएको छ ।

संविधानसभाले सम्वाद समितिलाई सहमतिका लागि दिएको समयसीमा सकिनु एक दिन अघिको बैठकमा भट्टराईले दलहरुसँग स्वतन्त्र निर्णय गर्ने क्षमता नभएकै कारण संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन सक्ने दाबी गर्नुभयो ।
उहाँले आफूले लामो प्रयास गर्दा पनि दलहरुबीच सहमति जुट्न नसकेको  भन्दै सहमतिका लागि जिम्मेवार नेताहरु नै गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले दलहरुको यही प्रवृत्तिले  माघ ८ मा संविधान नबन्ने समेत ठोकुवा गर्नुभयो ।

उहाँले सास छउन्जेल आस हुने भन्दै सोमबारसम्म प्रयास जारी राख्ने बताउनुभयो । उहाँले नेताहरुलाई सहमतिका लागि दबाव दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।