१ कार्तिक २०८३, शनिबार

प्रचण्डसहितका १६ दलको मोर्चा आन्दोलनमा जाने तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १२ असोज । उच्चस्तरीय राजनीतिक समिति गठनकोसहितका माग राखेर संसद अवरुद्ध गर्दै आएको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा थप सशक्त भएर अघि बढ्ने भएको छ ।

उक्त मोर्चाले साना जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठवन्धन’सँग सहकार्य गरी मोर्चालाई थप सशक्त बनाउने तयारी गरेको हो ।

आइतबार बसेको दुबै मोर्चाको बैठकले काँग्रेस र एमालेले बहुमतका आधारमा पेलेर संविधान बनाउन खोजे अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा संघीय गणतान्त्रिक मोर्चामा आवद्ध सात पार्टी र पहिचानमा आधारित संघीय गठवन्धनमा आवद्ध ९ दलका नेताहरुको सहभागिता थियो ।

बैठकले संघर्षका कार्यक्रम बनाउने जिम्मा दुई मोर्चाको सचिवालयलाई दिइएको छ । ‘१८ गतेसम्ममा सचिवालयले कार्यक्रम बनाएपछि १९ गते संयुक्त बैठक बसेर अन्तिम रुप दिने पनि मोर्चाले तयारी गरेको छ ।