काठमाडौँ, १९ चैत । सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक ( एआईजी ) मा बढुवाका लागि तीन डिआईजीको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा नायब महानिरीक्षकहरू पुष्पराम केसी , नारायणबाबु थापा र रामशरण पौडेल रहेका छन्।
गृह सचिवको नेतृत्वमा रहेको बढुवा समितिको मध्यरातसम्म बसेको बैठकले तीन डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ सदस्य सचिव रहेको बढुवा समितिको निर्णय बमोजिम सिफारिस भएको नामलाई कार्यान्वयन गर्नका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।
बढुवाका लागि सिफारिस भएका तीनै जना सशस्त्र प्रहरी भित्र अब्बल अधिकृतका रूपमा चिनिन्छन् ।
पुष्पराम केसीले सशस्त्र प्रहरीको नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । नारायणबाबु थापा एकेडेमीक हुन् भने रामशरण पौडेल लगनशील मान्छे भनेर चिनिन्छन् ।












प्रतिक्रिया