
काठमाडौ, १९ चैत । थ्रेसहोल्ड लागू भएपछि अत्तालिएका साना दल एकीकरणको तयारीमा लागेका छन् । नजिकिँदै गरेको स्थानीय तहको चुनावसंगै साना पार्टीहरुबीच एकीकरणका लागि विभिन्न छलफल भइरहेको छ ।
यसमा मधेश केन्द्रीत दल सहित अन्य साना दलहरु सक्रिय भएका छन् । यसैका लागि लागि महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले एक कार्यदल नै बनाएको छ ।
पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरिएको हो । कार्यदलमा पार्टीका नेता सत्यनारायण मण्डल र पेशल ढकाल छन् ।
सो कार्यदलले आजदेखि मधेशी मोर्चामा आवद्ध विभिन्न दलहरुसँग छलफल गर्ने नेता यादवले बताए । उनले आजै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गर्ने भएका छन् ।
कार्यदलले शरतसिह भण्डारीको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी र राजेश किशोर यादवको मधेशी जनअधिकार फोरम गणतान्त्रिकसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ ।











प्रतिक्रिया