काठमाडौं, १९ चैत । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आगामी वैशाखा ३१ गते हुन लागेको स्थानीयतहको निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचन प्रयोजनका लागि घोषणापत्र तयार पार्ने लगायतका कार्यहरू अगाडि बढाउने निर्णय भएको छ ।
निर्वाचनका दौरानमा प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टी र तत्वहरूको भण्डाफोर गर्ने गजुरेलले जनाएका छन् ।
‘निर्वाचनमा मुद्दा तथा विषयवस्तु मिल्ने अन्य पार्टी र शक्तिहरूसँग तालमेल र समझदारी कायम हुन सक्नेछ । तर प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख तत्वहरूसँग तालमेल हुने छैन’, विज्ञप्तिमा भनिएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको अभिन्न अंगका रुपमा रहेको मोर्चाले स्थानीय तहको चुनावमा भाग लिने निर्णयसँग सो पार्टीका नेता तथा कार्यकर्ता गाउँमा परिचालन भइसकेका छन् ।











प्रतिक्रिया