
– सरु शर्मा
परासी, १९ चैत । नवलपरासी जिल्लामा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रक र बस ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु– ७ मा रहेको ४० किलो जंगलमा शनिबार बिहान साढे २ बजे बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किएका थिए ।
प्रहरीका अनुसार बसमा रहेका ४ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये चारको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा दाङका १६ वर्षीय बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षीय हरिराम जालीमगर र भारतीय ट्रक चालक बिहार बर्गदवाका २५ वर्षीयको रियाज खान रहेका छन् । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया