१ कार्तिक २०८३, शनिबार

संविधान माघ ८ मै आउँछः मन्त्री महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahat– ramsaranविराटनगर (बरगाछी), १२ असोज । दलहरुले गरेको प्रतिबद्धताअनुसार संविधानको जारी मिति माग ८ गते तोकेकाले सोही समयमा संविधान जारी हुने अर्थमन्त्री डा. रामशरण महतले बताउनुभयो ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सबै दल संविधान तोकिएको समयमा जारी गर्न सकारात्मक भएकाले संविधान समयमै आउनेसमेत उहाँले बताउनुभयो ।

मन्त्री महतले संविधान निर्माणमा कुनै बाधाव्यवधान आए प्रक्रियामा गएर भए पनि संविधान समयमा जारी हुनेमा जोड दिनुभयो ।

संसद् सुचारु गर्ने विषयमा एमाओवादी सकारात्मक भएकाले चाँडै सुरु हुने बताउनुभयो । मन्त्री महतले बजेट पास नभए सबैलाई मर्का पर्ने हुँदा दलको सहमतिमा बजेट पास हुने विश्वस्त  व्यक्त गर्नुभयो ।