काठमाडौं, १७ चैत । नेपालका लागी अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाईटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागी वातावरण बन्दै गएको बताउनु भएको छ ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीसँग आज उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत ग्लेन ह्वाईटले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग नीरन्तर रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।
नेपालको दार्चुला जिल्लामा उत्पादित अर्गानिक महको वश्व बजारमा राम्रो बजार रहेको भन्दै त्यसको प्रशोधनको लागी काम गर्न नेपाल सरकारलाई सुझाव दिनुभयो ।
भेटमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागी धन्यवाद व्यक्त गर्नुभयो ।
उद्यमशिलता विकास गर्ने सो कार्यक्रमले ग्रामिण क्षेत्रमा ७० हजार भन्दा बढी उद्यमी तयार पारिसकेको छ ।
सो कार्यक्रममा अष्ट्रेलियन सरकार र UNDP को सहयोग रहँदै अएको छ ।
भेटमा मन्त्री जोशीले लगानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको बताउनु भयो ।
अन्तराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको भन्दै मन्त्री जोशीले नीतिगत सुधारका साथै उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका विभागहरुबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाईएको बताउनु भयो ।
नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागी सघाउन समेत मन्त्री जोशीले अष्ट्रेलियन राजदूत ग्लेन ह्वाईटलाई अग्रह गर्नुभयो ।
















प्रतिक्रिया