६ मंसिर २०८३, आइतबार

एयरपोर्टमा समेत देखियो उपप्रधानमन्त्रीहरुको झगडा, हेर्नुस् लाजैलाग्ने तस्वीरहरु

32.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । गत चैत १० गते साताव्यापी भ्रमणका सिलसिलामा चीन प्रस्थान गर्नै लाग्दा प्रधानमन्त्री प्रचण्डलाई विदाई गर्न उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कृष्ण महरा र कमल थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

विमानस्थलमा विदाई गर्न जानुअघि उपप्रधानमन्त्रीद्वय निधि र थापाबीच वरियतामा को ठूलो भन्ने विवाद सुरु भइसकेको थियो । यसैकारण प्रधानमन्त्रीले कार्यबाहक प्रम पनि तोक्न सकेनन् । विदाई गर्न गएका निधि र थापाबीच वरियतामा को अगाडि भन्ने प्रतिस्पर्धा विमानस्थलमा देखिएको थियो । राति ११ बजे प्रचण्ड चीन उडेका थिए भने दुई उपप्रधानमन्त्रीबीच चाँहि को ठूलो भन्ने प्रतिस्पर्धा चलिरह्यो र फोटो खिच्न पुगेका सञ्चारकर्मीलाई त्यो दृश्य अनौठो लाग्यो ।

ठिक त्यसैगरी सातौं दिन आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका उपप्रधानमन्त्रीत्रय निधि, महरा र थापाबीच वरियता विवादले तानातानै भयो । र, उपप्रधानमन्त्रीको वरियताका आफूलाई पहिलो नम्बरको बताउने निधि तेस्रो नम्बरमा पछारिए । पहिलो नम्बरमा कमल थापाले ‘इन्ट्री’ मारे । आजको दृश्यमा निधिले कमल थापाभन्दा अगाडि जाने आँट गरेनन् । र, कमल थापासँग सँगै पनि बसेनन् । तेस्रो नम्बरमा उभिएका महरालाई तानेर दोस्रोमा पठाएर निधि तेस्रोमा उभिए ।

यो दृश्यले प्रचण्ड चीन भ्रमणमा जानु अघिनै भित्रभित्रै गुम्सिएको उपप्रधानमन्त्रीको मर्यादा विवाद स्वदेश फर्कने क्रममा विमानस्थलमै छताछुल्ल भएको छ ।

निधि यसरी पुगे तेस्रो नम्बरमा, प्रधानमन्त्रीको प्रेस मिटमा बसेनन्

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय कमल थापा, बिमलेन्द्र निधि, कृष्णबहादुर महरा लहरै उभिएका थिए । निधिले थापासँग बस्न नचाहेको छनक पाएपछि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले महरालाई थापाको छेउमा जान आग्रह गरे । तर, महराले निधिलाई नै थापाको छेउमा बस्न सुझाए । त्यसपछि ‘महराजी तपाई बरिष्ठ मान्छे उता बस्नुस’ भन्दै निधिले महरालाई थापाको छेउमा पठाए । थापा भने गम्भीर भएर उभिएका थिए । यसपछि थापा, महरा र निधि लहरै उभिए । त्यसपछि खनाल र उर्जामन्त्री जनार्दन शर्मा देखिए ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेपछि निधि विमानस्थलको अतिविशिष्ट कक्षसम्म पुगे र पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसँग बसेनन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसँग थापा मात्रै देखिए ।