काठमाडौं, १६ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरेर बाहिरिएका नेताहरुले अर्को पार्टी घोषणा गरेका छन् । पार्टीको नाम नयाँ शक्ति नै राखिएको छ । पार्टीको प्रथम राष्ट्रिय भेलाको आयोजना गर्दै निर्मल भट्टराईको नेतृत्वमा ८९ सदस्यीय कमिटी गठन गरिएको छ ।
डा. बाबुराम भट्टराईले मधेसी मोर्चाको एजेन्डा बोकेको, जातीय क्षेत्रीय राज्यलाई पहिलो प्राथमिकता दिँदै भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने जस्ता कार्यशैली देखाएकाले केही नेताहरु नयाँ शक्तिबाट बाहिरिएका थिए ।











प्रतिक्रिया