
काठमाडौँ, १६ चैत । नेकपा एमालेले सप्तरी घटनापछि पहिलोपटक मधेशमा कार्यकर्ता भेला गरेको छ । महोत्तरीको बर्दिबासमा बुधबार बोलाइएको दुई नम्बर प्रदेशस्तरीय भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओली गएनन् ।
सप्तरी घटनापछि दुई नम्बर प्रदेशमा भएको एमालेको यो ठूलो भेला हो । मधेशमा पार्टी कामलाई प्रभावकारी बनाउने, सभा तथा सम्मेलनको आयोजनाको तयारीस्वरुप बुधबारको भेला बोलाइएको हो ।
भेलामा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको स्रोतले बतायो । काठमाडौँमै पार्टीका अन्य काममा व्यवस्त हुनुपरेका कारण ओली बर्दिबास जान नपाएको निजी सचिवालय स्रोतले बतायो ।
ओली नगए पनि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल लगायतका नेता भने भेलामा सहभागी भएका छन् । भेलामा एमालेका गाउँ कमिटीका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका दुई हजार कार्यकर्ताको उपस्थिति छ ।











प्रतिक्रिया