३१ आश्विन २०८३, शनिबार

अमेरिकामा तेक्वान्दोमा नेपाली खेलाडीको बर्चस्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी, १५ चैत । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् ।

अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडीहरु रहेका छन् । तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व सहित कूल ४४ वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा बाल्टिमोर स्थित एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी को टिम एवरेस्ट नामक समुहले समुह पदको साथै १७ वटा स्वर्ण ,१६ वटा रजत तथा ११ वटा कास्य पदक गरि कुल ४४ वटा पदक प्राप्त गरेका छन् ।

नेपालका पूर्व खेलाडी, अन्तरराष्ट्रिय–राष्ट्रिय प्रशिक्षक, अन्तरराष्ट्रिय निर्णायकहरुको सहभागिता उल्लेख्य रहेको थियो ।

एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका बिद्यार्थीहरुले पुम्से तथा स्पारिङ्गमा पदक हासिल गरेका थिए । उक्त एकडेमी बाट ३१ जना बिधार्थीले भाग लिएका मध्ये १८ जना नेपली समुदायका बालबालिकाहरुले भाग लिएका थिए ।

१२–१४ वर्षसम्म को खेलमा कृषा कार्की स्पारिङ्ग(भिडन्त) तथा पुम्सेमा वैमा प्रथम, यसै गरी १८ वर्ष र माथिका उमेरमा सजनी राई स्पारिंग तथा पुम्सेमा दुवैमा प्रथम ,अमन गुरुङ १५–१७ बर्ष समुहमा दुवैमा प्रथम ,प्रणव गर्बुजा स्पारिंगमा प्रथम तथा पुम्सेमा दोश्रा भएका छन् ।

यसै गरि ८–९ वर्ष को समुहमा हेगन छ्नात्यल स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो ,११–१२ वर्ष को समुहमा सिम्रेन गुरुङ स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो स्थान, यसै गरि ११–१२ वर्षसम्मको समुहमा प्रोसेस अधिकारी स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो भएका थिए ।

१२–१४ वर्षसम्म उमेर समुहमा हेमन छन्त्याल भिडन्तमा प्रथम, ५–६ वर्ष समुह उमेरमा मलिना छन्त्याल भिडन्तमा प्रथम, ८–९ वर्ष उमेर समुहमा अभानिश गर्बुजा भिडन्तमा दोश्रो तथा पुम्सेमा पनि दोश्रो भएका छन् ।