३१ आश्विन २०८३, शनिबार

सल्यानमा अदुवा उत्पादनमा वृद्धि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, १५ चैत । सल्यानमा यस वर्ष अदुवा उत्पादनमा बृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यसपटक अदुवा उत्पादनमा ४ प्रतिशतले बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा २ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा २४ हजार ६ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २ हजार ५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा २५ हजार ५ सय ३२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

हाल सम्ममा १० करोड ४३ लाख २० हजार बराबरको अदुवा बिक्री भएको थियो । यस वर्ष हालसम्ममा २ करोड ८७ लाख ५ हजार बराबरको मात्रै अदुवा बिक्री भएको छ ।

सल्यानको माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौर लगायतका ठाउँमा अदुवाको खेती गरिन्छ । यी ठाउँमा उत्पादन हुने अदुवामा रेसा नभएको तथा बोसे जातको हुन्छ । सल्यानमा उत्पादन हुने अदुवा दाङ, नेपालगञ्ज, बुटवल तथा भारतमा समेत निकासी हुन्छ ।