काठमाडौँ, ११ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार छलफल वर्तमान राजनीतिक जटिलताको कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित भएको थियो ।
छलफलमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विद्यादेवी भण्डारीसँगै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का र वन मन्त्री महेश आचार्य सहभागी थिए ।
बिहान ९ बजेदेखि करिब एक घण्टा भएको छलफल एमाओवादीको नेतृत्वमा भएको संसद् अवरोध खुलाउने र संविधान निर्माणमा रहेका असहमतिको विषयमा सबै दललाई कसरी सहमतिमा ल्याउन सकिन्छ भन्नेबारेमा बढी केन्द्रित भएको थियो ।















प्रतिक्रिया