१४ कार्तिक २०८३, शनिबार

चीन जानुअघि प्रचण्डले नयाँ रेकर्ड कायम गरे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिइ विदेश भ्रमणमा जाने नयाँ रेकर्ड कायम गरेका छन् ।

मुलुकको राजनीतिमा दर्जनौँ विकृति भित्र्याएका उनले पञ्चायतले पनि गर्न नसकेको काममा चमत्कार देखाएर पर्सि बुधबार स्वदेश फर्कदैँ छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।

उनी गत बिहीबार राति चीन भ्रमणमा गएका हुन् । यसअघि दुईपटक विदेश भ्रमणमा जाँदा उनले वरिष्ठ उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई कार्यबाहक दिएका थिए ।

यसपटक कसैलाई पनि नदिनुको मुख्य कारण प्रधानमन्त्रीहरूको वरिष्ठता विवाद हो । प्रधानमन्त्री दाहालले निधिभन्दा वरिष्ठ हुने गरी राप्रपाका कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका कारण यो विवाद सिर्जना भएको हो ।

उनले निर्धारण गरेको उपप्रधानमन्त्रीहरूको यो मर्यादाक्रमप्रति नियुक्तिको मात्रै होइन, सिंगो नेपाली कांग्रेस पार्टी पंक्तिको आपत्ति छ ।

‘यसअघि पहिलो मर्यादाक्रमका उप्रधानमन्त्री निधिलाई एकाएक दोस्रो मर्यादाक्रममा झारिएपछि ठूलो विवाद उत्पन्न भएको छ । यो मानमर्दन सिंगो नेपाली कांग्रेसमाथिको मानमर्दन हो’, कांग्रेसका एक नेताले भने ।

संसदमा सबैभन्दा ठूलो पार्टी तेस्रो पार्टी माओवादीको सहयोग हुने गरी दोस्रो नम्बरमा सरकारमा सामेल हुनु उचित हो वा होइन ? भन्ने सन्दर्भमा नेपाली कांग्रेसभित्र बहस यथावत् थियो । तर, प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई चौथो पार्टी राप्रपाभन्दा पनि तल पारेका छन् ।