काठमाडौं, ११ चैत । आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् ।
तपाईलाई थाहा छ ? कति थरी हुन्छन् आकाशमा बादल ? अनि कुन बादल कस्तो प्रभाव पार्ने खालको हुन्छ ? मौसमविद्का अनुसार आकाशमा तीन तहका दश थरी बादल हुन्छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
कुनै बादल मानवका लागि एकदमै जोखिमयुक्त त कुनै कम जोखिमयुक्त हुन्छन् । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार यसपालिको प्रारम्भिक मौसममै खतरनाक बादल सक्रिय भइरहेको देखिन्छ् ।
अहिले नेपाली आकाशमा क्युमोलोनिम्बसु नामक बादल सबैभन्दा सक्रिय छ, जुन मानवका लागि निकै खतरनाक मानिन्छ ।
विश्व मौसम संगठनले बिहीबार समापन गरिएको मौसम दिवसको यसपटकको नारा नै बादललाई बुझौँ राखेकाले संसारभर बादलका प्रकार, चरित्र र गतिविधिबारे चर्चा भए ।
यही चर्चासँगै जल तथा मौसम विज्ञान विभागले पनि आम नागरिकलाई बादलबारे बुझाउने प्रयास गर्यो ।
दिवस समापन कार्यक्रममा बिहीबार बादलबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका युवा अनुसन्धानकर्ता सुमनकुमार भट्टराईले भने, बादल धेरै किसिमका छन् ।
बादल लाग्ने कारण पनि फरक–फरक छन र चरित्र पनि । यतिमात्र होइन बायुमण्डलको तहअनुसार बादल देखिन्छ ।












प्रतिक्रिया