२९ आश्विन २०८३, बिहिबार

खसी बोकाको मूल्य कति बढ्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khasi-boka

लहान, १० असोज । नेपालीहरूको ठूलो चाड दसैँ नजिकिँदै गर्दा खसी बोकाको प्रमुख बजारको रुपमा रहेको लहान बजारमा खसी बोकाको बिक्री बढ्न थालेको छ ।

लहानस्थित नयाँ बजारमा सोमबार र शुक्रबार लाग्ने साप्ताहिक खसी हाटमा दसैँका लागि बिक्री हुने खसी बोकाको माग अत्यधिक बढ्न थालेको छ । खसी हाटमा खसी बोका किन्न स्थानीय बासिन्दादेखि काठमाडौँ, नारायणगढ र पोखरासम्मका व्यापारीहरू आउने गरेका छन् ।

खसी बोका व्यापारीहरूका अनुसार बजारमा अहिले २५ केजी जिउँदो खसीको मूल्य रु १२ हजार ५०० देखि रु १४ हजारसम्म पर्ने गरेको छ ।

यहाँको बजारमा सोमबार खसी बिक्री गर्न एकदिनको पैदल दूरीमा रहेको उदयपुरको नेपालटारसम्मका कृषक आउने गरेका छन् । सडक यातायातको सुविधा भएपछि अहिले गाउँसम्म नै व्यापारीहरू पुग्ने गरेको स्थानीय लेखबहादुर कार्कीले बताउनुभयो ।