– अनिल खत्री
गुल्मी, ८ चैत । गुल्मीमा चट्याङ लागेर एक महिलाको जनाको ज्यान गएकोे छ ।
सोमबार दिउँसो अबिरल वर्षासगै परेको चट्याङ लागेर रुरु गाउँपालीका अन्तर्गत रिमुवा निवासी ४८ वर्षीय शिब कुमारी अस्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनु भएको छ ।
चट्याङ लागेर घाइते भएकी अस्लामीको उपचारको क्रममा मंगलवार रिडीमा मृत्यु भएको बताईएको छ । अस्लामीलाई घरमै बसेको अबस्थामा चट्याङ लागेकोे थियो । चट्याङमा परेर एक जना समान्य घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्केका छन् ।












प्रतिक्रिया