२० कार्तिक २०८३, शुक्रबार

बसको ठक्करबाट चित्तल मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा एउटा चित्तल मरेको छ ।

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालय नजिकै बसको ठक्करबाट आज बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट जाजरकोटतर्फ जाँदै गरेको ना६ख ४०५ नंको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्कर दिइने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ ।

बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौल को पोथी रहेको छ । उक्त चित्तललाई सेक्टरवन कार्यालय गढुवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस