२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंकको ४७औं शाखा धरानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bank

धरान, ९ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानमा ४७औं शाखा सञ्चालनमा ल्याएको छ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, धरानका उद्योगपति, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ल्गायतको उपस्थिति थियो।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले पूजापाठ गरि शाखाको आरम्भ गुर्नुभएको हो ।
यस शाखाबाट ग्राहले आजैबाट ए।टि।एम। तथा लकर सुविधा लगायत सम्पूर्ण सेवा प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतसरस्वती बाल आश्रममा आश्रित बालबालिकहरुलाई आर्थिक सहयोग प्रदान गर्न आश्रमका अध्यक्ष विकासकुमार बनेपाली मार्फत आर्थिक सहयोग गरेको छ।

यस शाखाबाट र्बैंकले साना तथा मझौला उद्योग, कृषि कर्जा लगायतमा प्राथमिकता दिने छ जसका लागि फास्ट ट्रयाक लोन, तथा सुन कर्जा जस्ता सुविधा दिने बैकले जनाएको छ।

देशको १४ अञ्चलमा फैलिएका यस बैंकले पूर्वाञ्चलको विराटनगर, बिर्तामोड, गाईघाट, इटहरी तथा भोजपुरबाट समेत बैकिङ्ग सेवा दिदैं आएको छ। बैंकको ४७ वटा शाखा, ४० वटा एटिएम काउन्टर र २०३ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।