काठमाडौं, १ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री गगन थापालाई हटाउने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
आफ्नो समूहबाट गगनलाई मन्त्री बनाउने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको ‘गगनलाई हटाउन लागेको साँचो हो’ प्रश्नमा सभापति देउवाले सरकार विस्तारका लागि स्वास्थ्यमन्त्री थापाको जिम्मेवारी फिर्ता लिने कुनै छलफल नभएको प्रष्ट पारेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगको कुराकानीमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सरकारमा सहभागी हुन स्वास्थ्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दावी गरेको थियो । यो समाचार बाहिरिएपछि गगन थापा र रमेश लेखकको पद धरापमा परेको भन्दै हल्ला फैलियो । त्यसपछि नेता सिटौलाले आफ्नो समूहका मन्त्री थापालाई हटाउनेबारे सभापति देउवासँग प्रश्न गरे ।
जवाफमा सिटौलालाई देउवाले भने– ‘सरकार विस्तारका कुरा भएपनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी अन्य दललाई दिने बारेमा कुनै कुरा भएको छैन् । स्थानिय निकायको चुनावअघी मन्त्री गगन थापाको जिम्मेवारी परिवर्तनको कुरा सम्भव छैन् । त्यो तत्काल हुन्न् ।’
मन्त्री थापालाई हटाउने खबरको चौतर्फी विरोध भइरहेको छ ।











प्रतिक्रिया