५ मंसिर २०८३, शनिबार

विजय गच्छदारको दाबी यी तीन मन्त्रालयमा, गगन थापा र रमेश लेखकको मन्त्री पद धरापमा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । संविधान संशोधनको विधेयकलाई लिएर मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताको अल्टिमेटम सकिनै लाग्दा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी गराउने तयार अन्तिम चरणमा पुगेको छ ।

स्रोतका अनुसार मन्त्रालयको टुङ्गो लाग्नेवित्तिकै फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुनेछ । खुट्टा उचालेर तयारी अवस्थामा बसेको फोरम लोकतान्त्रिकका तर्फबाट दुई मन्त्री सहभागी हुने छन् ।

अध्यक्ष विजय गच्छदार उपप्रधान र एउटा पावरफुल मन्त्रालय (संभवतः भौतिक योजना तथा पूर्वाधार मन्त्रालय) सहित सरकारमा जाने तयारीमा छन् । उनीसँगै पार्टीका तर्फबाट अर्का एक जना सांसद पनि मन्त्री बन्ने छन् ।

स्रोतका अनुसार स्वास्थ्य वा सिचाइँ मन्त्रालयमध्ये एक मन्त्रालय पाउनु पर्ने फोरम लोकतान्त्रिकको दाबी छ । तर, सबै मन्त्रालयहरू कांग्रेसको भागमा रहेकाले कसरी मिलाउने भन्ने विषयमा सहमति हुन नसकेको बुझिएको छ । फोरम लोकतान्त्रिकले स्वाथ्य मन्त्रालयमा अलिक धेरै नजर लगाएको छ ।

फोरम लोकतान्त्रिकका तर्फबाट मन्त्री हुने सूचीमा सांसदद्वय योगेन्द्र चौधरी र जनकराज चौधरीको नाम अलि धेरै चर्चामा छ । स्रोतले भन्यो, ‘विजय गच्छदारसहित योगेन्द्र चौधरी वा जनकराज चौधरीमध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । मन्त्रालयमा कुरा मिलेको छैन । कुरा मिल्नेवित्तिकै शपथ हुने कार्यक्रम छ ।’

फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन रमेश लेखक, गगन थापा र दीपक गिरीमध्ये दुई जनाले मन्त्रालय छाड्नुपर्ने बाध्यता आइपुगेको स्रोतको दाबी छ । तर, अरु मन्त्रालयमा पनि कुरा चलिरहेकाले माओवादीले सम्हालेका मन्त्रालयबाट पनि मन्त्री फिर्ता बोलाएर फोरम लोकतान्त्रिकलाई दिन सक्ने स्रोतको भनाइ छ ।