५ मंसिर २०८३, शनिबार

एमाले पहिलो पार्टीका रुपमा स्थापित हुन्छः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३० फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबको निर्वाचनमा एमाले पहिलो पार्टीका रुपमा स्थापित हुने दाबी गरेका छन् ।

मेची महाकाली अभियानअन्तर्गत कपिलवस्तुको जीतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो पार्टीका रुपमा स्थापित हुने निश्चित भएका कारण त्यही त्रासबाट केही मुठ्ठीभरका तत्वले मधेसमा एमालेको कार्यक्रम भाँड्ने कोसिस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तर त्यसबाट हाम्रो पार्टी विचलित हुँदैन, बरु त्यसलाई ऊर्जाका रुपमा त्यसलाई लिनेछ ।’