अछाम, ३० फागुन । ‘राष्ट्रिय एकता समृद्धि र स्वााभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ एमालेले देशभर विभिन्न कार्यक्रम गरी रहेका बेला अछाम जिल्लामा विभिन्न दल परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
अछाममा एमालेको अभियानमा साथ दिँदै कांग्रेस, माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी ११ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले बताए ।
एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बुहमतका साथ अगाडि ल्याउने प्रतिवद्धता जनाएका छन् ।













प्रतिक्रिया