३१ आश्विन २०८३, शनिबार

नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा सुबेदी निर्बाचित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा नारायण प्रसाद सुबेदी निर्बाचित भएका छन् ।

शनिबार राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको पाँचौ अधिबेशनले सुबेदीको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा कान्छाराम बुढाथोकी निर्बाचित भएका छन् भने दुई उपाध्यक्षमा दिपक राना र डोलराज भण्डारी निर्बाचित भएका छन् ।

अधिबेशनले पूर्व बिद्यार्थाी नेता रुपन्देहीका मनोज पोखरेललाई महासचिवमा निर्बाचित गरेको छ । यस्तै दुई सचिवमा ईश्वर रिजाल र समिर अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा सीता ढकाल र सहकोषाध्यक्षमा घनश्यामा सुेबेदी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा उन्नत डल्लाकोटी, भिमसेन पोखरेल, गुमानसिँह कार्की, कमानसिँह तामाङ, लेखनाथ दनाई, दीपक भटराई, सुरज अधिकारी, गोपाल न्यौपाने, निश्चल तिमिल्सिना र निरज बान्था मगर निर्बाचित भएको निर्बाचन समितिका सहसंयोजक रुपक श्रेष्ठले जानकारी दिए ।