काठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको निर्वाचनको विरोध गर्दै निर्वाचनविरुद्ध भइरहेका प्रदर्शनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालयको बैठकपछि शनिबार जारी विज्ञप्ति अनुसार क्रान्तिकारी माओवादीले पहिला प्रदेशको चुनाव गर्नुपर्ने माग गरेको छ ।
स्थानीय निर्वाचन गर्नुभन्दा पहिला प्रदेशको चुनाव गर्नुपर्ने जनाएका अध्यक्ष वैद्यले स्थानीय निर्वाचनका विरुद्ध हुने सबै प्रकारका आन्दोलनलाई समर्थन गर्ने जनाएका छन् ।
कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपाली युवकको हत्या गरेकोमा निन्दा एवम् भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले भारतले सो घटनाका सम्बन्धमा माफी माग्नुपर्ने जनाएको छ । कञ्चनपुर घटनाको विरोधमा चैत ५ गते देशव्यापी प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया