काठमाडौं, २९ फागुन । उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले अब कुनै आशंका र द्विबिधा नलिई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।
राप्रपाको सहभागिताले चुनाव पक्का हुने संदेश दिएको भन्दै उनले निर्बाचन आफ्नो पार्टीको घोषित नीति भएको बताए । राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्बाचनमा सबैको सहभागिताको निमित्त हरसम्भब प्रयास गरिने बताए ।
‘राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न राप्रपा सरकारमा सहभागी भएको हो’, राप्रपा अध्यक्ष समेत रहेका थापाले भने । ‘स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्द्रमा राख्दै सरकार परिबर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता हो’, उनले भने ।
थापाले सत्ताको सुःख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भूमिका निर्बाह गर्न सरकारमा सहभागी भएको दोहोराएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहलाई स्वीकार गर्दै निर्बाचनको सुनिश्चितताको निमित्त आफू सरकारमा सहभागी भएको स्पष्ट पारे ।











प्रतिक्रिया