२९ आश्विन २०८३, बिहिबार

जेएमई र भृकुटी विकास बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image001

काठमाडौँ, ८ असोज । जापान मनि एक्सप्रेस (जेएमई) र भृकुटी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा जेएमईको तर्फबाट व्यवसाय विकास प्रवन्धक प्रताप श्रेष्ठ र भृकुटी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकनाथ भुषालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतापछि विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत पठाएको रेमिट्यान्ट नेपाल अधिराज्यभर रहेका भृकुटी विकास बैंकका १९ वटै शाखाबाट भुक्तानि लिन सकिने छ ।
सम्झौता पछि संक्षिप्त प्रतिक्रिया दिदै जेएमईका व्यवसाय विकास प्रवन्धक श्रेष्ठले यो सम्झौताले आफ्ना सेवाग्राहीहरुलाई थप सहजता ल्याउने विश्वास रहेको बताउनुभयो ।

यसअघि पनि जेएमईले गुहेश्वरी मर्चेन्ट फाइनान्ससँग रेमिट सम्झौता गरेको थियो । विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज तथा सुलभ सेवाका साथ रेमिट्यान्स भित्र्याउदै आएको जेएमईले आफ्नो १५ सयबढी एजेन्टहरु तथा विभिन्न वित्तिय संस्थाहरुसँग सम्झौता गरी रेमिट्यान्स भुक्तानी सेवा प्रदान गरिरहेको छ ।

आफना सेवाग्राहीका सहजताका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग तिब्र गतिमा सम्झौता गरिरहेको जेएमईले बताएको छ ।