१९ कार्तिक २०८३, बिहिबार

सप्तरी घटनामा मारिएका मण्डलको परिवारलाई हिन्दूवादी युवा ठाकुरको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २६ फागुन । नेकपा एमालेको मेचीमहाकाली अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा भएको गोलीकाण्डमा मारिएका पिताम्बर मण्डलको परिवारलाई हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले आर्थिक सहयोग गरेका छन् ।

‘गोलीकाण्डमा मारिएका चार जनामध्ये मण्डलको पारिवारिक अवस्था एकदमै दयनीय रहेको मैले पाएँ र आज स्व. मण्डलको घर पुगेर उनको बुवा र श्रीमतीलाई सहयोग स्वरुप रु। ११ हजार रकम दिएको हुँ,’ ठाकुरले भने, ‘आउने दिनमा अरूलाई पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु। साथै मण्डलको छोराको लागि जागिरको ब्यवस्था मिलाई दिन पनि आफ्नो लेवल प्रयास गर्नेछु ।’

५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो । १० धुर ऐलानी जग्गामा जस्ताको झुप्रो बनाएर बस्दैआएका मण्डलका पाँच सन्तान छन् ।

ऋण काढेर जसोतसो छोरीहरूको बिहे गरेका मण्डलका दुई छोरा बेरोजगार छन् ।