१४ कार्तिक २०८३, शनिबार

बालुवाटार बैठकमा कसले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन ।

ओलीले सुरुमै भने : अभियान सुचारु हुन्छ, सुरक्षा प्रबन्ध होस्

हेटौँडाबाट मेची–महाकाली अभियान सुचारु हुन्छ । शान्तिपूर्ण रूपमा जनतामा गएर आफ्ना कुरा राख्न पाउने प्रजातान्त्रिक अधिकारको रक्षा गर्ने जिम्मा सरकारको हो, त्यसमा अलिकति तलमाथि भए सरकार नै जिम्मेवार हुन्छ । राम्रो सुरक्षा प्रबन्ध होस्, हामी शान्तिपूर्ण रूपमा संयमतापूर्वक जनताको बीचमा जान्छौँ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीको जवाफ : सुरक्षा दिन्छौँ, तर अभियान पुनर्विचार गर्दा उत्तम

मोर्चाले सात दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको छ । यो अवस्थामा परिस्थिति भड्किन नदिन सरकारले पनि मोर्चासँग संवाद बढाउने प्रयास गरिरहेको छ । तपाईंहरूले फेरि अभियान सुचारु गर्दा सकारात्मक वातावरण बन्दैन । अभियानमाथि पुनर्विचार गरिदिँदा धेरै राम्रो हुन्थ्यो ।

ओलीको प्रतिप्रश्न : कसैलाई झोँक चल्दैमा निषेध गर्न पाइन्छ ?

कसैलाई झोँक चल्यो, रहर लाग्यो भन्दैमा तिमी यो ठाउँमा आउन पाइँदैन भन्न पाइन्छ ? त्यही कुराको छिनोफानो गर्न अभियान सुचारु गर्छौँ । हाम्रो अभियान शान्तिपूर्ण हुन्छ । त्यत्रो पेट्रोल बम र ढुंगा प्रहार हुँदा पनि संयमता प्रदर्शन गर्यौँ‍ । हामी त्यस्तै कार्यक्रम गर्छौैँ, तपाईंहरूले सुरक्षाको प्रबन्ध गर्नुपर्छ ।

देउवाको टिप्पणी : राजविराज घटनामा सरकारको पनि कमजोरी छ

राजविराजमा जे भयो त्यसमा सरकारको पनि कमजोरी छ । कुनै पनि दलले शान्तिपूर्ण रूपमा गतिविधि गर्न पाउने लोकतान्त्रिक अधिकारको रक्षा हुनुपर्ने कुरामा कांग्रेस प्रतिबद्ध छ । उक्त दुःखद घटनाको छानबिन हुनुपर्छ । तर, निर्वाचन गराउने वातावरण बनाउन एमालेले सहयोग गर्नुपर्छ ।