बारा २५ फागुन । नेकपा एमाले बाराको कलैयास्थित कार्यालयका सहायक शंकर भट्टराई, नगरकमिटी सदस्य रामएकवाल कुर्मी र युवा संघका जिल्ला सदस्य अलिराज हवारीमाथि भएको दुर्ब्यवहारप्रति नेकपा एमाले बाराले खेद ब्यक्त गरेको छ ।
एमाले बाराका जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केहि उच्छृङ्खल तत्वहरुबाट लोकतन्त्रमा राजनीतिक पार्टीको कार्यालयमा आगजनी गर्ने तथा एमाले कार्यकर्तामाथि दुर्ब्यवहार गर्ने घटनाप्रति खेद प्रकट गरेका हुन् ।
साथै राजनैतिक पार्टिहरुलाई राजनैतिक चरित्र देखाउन तथा आफूलाई स्थापित गर्न आग्रह गर्दै सरकार तथा स्थानिय प्रशासनलाई शान्ति सुरक्षाको ब्यवस्था गर्न र संविधान अनुकुल ब्यक्तिको हिडडुल गर्ने तथा बांच्न पाउने हकको सुरक्षा गर्न एमाले बाराले सरकारसँग माग गरेको छ ।














प्रतिक्रिया