महेन्द्रनगर, २५ फागुन । पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा विष्णुदत्त अवस्थी विजयी भएका छन् ।
मंगलबार सम्पन्न ९ औँ जिल्ला अधिवेशन तथा १७ औँ बार्षिक साधारण सभाबाट अवस्थीको नेतृत्वमा प्रेस सेन्टर नेपाल, प्रेस यूनियन र मिडिया नेपालको सयुंक्त प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए ।
निर्वाचनमा अध्यक्ष निर्वाचित अवस्थीले १३१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी सुरेश सिंह धामी २७ मतले पराजित भए ।
मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार खुलातर्फको उपाध्यक्षमा केशव सावद निर्वाचित भएका छन् । सावदले आफ्ना प्रत्यासी भवानी भट्टलाई ३१ मतले हराउदै उपाध्यक्षमा विजयी भएका हुन् । सावदले १३२ र भट्टले १०१ मत ल्याएका थिए । महिला उपाध्यक्षमा दुर्गा उपाध्यय निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्सासी हेमन्ती चौधरीलाई २६ मतले पछि पार्दै महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा अमर बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले आफ्ना प्रत्यासी ज्ञानेन्द्र सिंह महतालाई ४२ मतले पराजित गरे ।
यस्तै खुल्ला सह–सचिवमा भारी मतले मोहन विष्ट विजयी भएका छन् । विष्टले आफ्ना प्रत्यासी भीमराज जोशीलाई ६५ मतले हराउदै सह–सचिवमा निर्वाचित भएका हुन् । समावेसी सह–सचिवमा संगिता शाही निर्वाचित भएका छन् । शाहीले आफ्ना प्रत्यासी धनबहादुर चौधरीलाई २९ मतले हराउदै समावेसी सह सचिवमा निर्वाचित भएका छन् । शाहीले १३१ र चौधरीले १०२ मत ल्याएका थिए । यस्तै कोषाध्यक्षमा चुडामणी अर्याल विजयी भएका छन् । अर्यालले आफ्ना प्रत्यासी लक्ष्मण पन्तलाई ४ मतले हराउदै कोषाध्यक्षमा विजयी भए । अर्यालले ११९ र पन्तले ११५ मत ल्याएका थिए ।
यस्तै महिला सदस्यमा निर्मला बोहरा निर्वाचित भएका छन् । बोहराले आफ्ना प्रत्यासी शर्मिला कुमारी चौधरीलाई १८ मतले हराउदै महिला सदस्यमा निर्वाचित भए । बोहराले १२४ र चौधरीले १०६ मत ल्याएका थिए । यस्तै दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्यासी पुष्पा विकलाई २५ मतले पराजित गरे ।
यस्तै खुल्ला सदस्यतर्फ सर्वाधिक मत १३७ ल्याएर ईश्वर दत्त बडू निर्वाचित भए । अन्य सदस्यहरुमा कुन्दन पाण्डे (१३३), भाष्कर केसी (१३६), धनन्जय अवस्थी (१३०), धर्मराज कठायतले ११८ मत ल्याएका थिए । रञ्जित लामा, बासुदेव धामी र बासुदेव भट्ट (११३) मत ल्याएका थिए ।
समावेसी सदस्यमा भने जनजातितर्फ पहिलाद राना र मधेशीतर्फ रामदास राना निर्विरोध निर्वाचित भए ।
केन्द्रीय पार्षद को को भए ?
कञ्चनपुरबाट केन्द्रीय पार्षद्मा चित्रांग थापा (१६५), डिआर पन्त (१५९), माधवसिंह धामी (१५५), रामसिंह ठगुन्ना (१२४), केशवराज जोशी (१२७), अशोक पाण्डेय (१२६), कर्णदेव भट्ट (१३२), विपी अनमोल (११८), हरिश भट्ट (१२५), राजेन्द्र पनेरु (१२७), श्याम भट्ट (११३), राजेन्द्र केसी (१२४), चक्र महता (१३१), विक्रम गिरी (१४०), तेज सिंह ‘मुस्कान’ (१३९), धिरेन्द्र सिनाल (१३४), ध्रुवराज अवस्थी (११४), सुरेश पन्त (११४), गोकुल निरौला (११४), टेक कुँवर (१२०), लक्ष्मी चौधरी (११४), देवकी विष्ट (१४७), शर्मिला जैरु (१३४), विवेचना विष्ट (१२६), निमा काफ्ले (१२७) र भुवनेश्वरी सिंह (११४) विजयी भएका छन् ।












प्रतिक्रिया