१९ कार्तिक २०८३, बिहिबार

दाङमा फर्निचर उद्योगमा आगलागी, ३५ लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

दाङ, २५ फागुन । दाङको तुलसीपुर स्थित एक फर्निचर उद्योगमा आगलागी हुदा करिब ३५ लाख बराबरको क्षति भएको छ ।

तुलसीपुर ५ ग लाईन मा रहेको धर्मराज सप्लायर्स एण्ड फर्निचर उद्योगमा आज बिहान करिब साढे ३ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यादब भण्डारीको सो उद्योगमा आगलागि हुदा त्यहा रहेका दराज, पलङ, कुर्सी, टेबल लगायतका फर्निचर सामाग्री सहित सम्पुर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उद्योग भएको घरमा कोहि पनि नबस्ने र एक्कासी आगलागी भएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी, स्थानिय बासी र तुलसीपुर नगरपालीकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताईएको छ ।

आगलागीको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।