१९ कार्तिक २०८३, बिहिबार

मारबाडी समुदायले भैरहवामा यसरी मनाए श्यामबाबाको वार्षिकोत्सव

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २५ फागुन । मारबाडी समुदाय भैरहवाले श्यामबाबको वार्षिक उत्सव विशेष तरिकाले मनाएका छन् ।

औद्योगिक घरनाको रुपमा परिचित मारबाडी समुदायले फाल्गुण द्धाद्धासी तीथिको दिनमा उक्त दिवस मनाउदै आएका छन् । भैरहवामा रहेका करिब अढाइ सय मारबाडी परिवारले यो दिवसलाई उल्लासमय तरिकाले मनाएका हुन् ।

श्यामबाबाको वार्षिकोत्सवमा उनीहरुले भैरहवामा विहानै र्याली समेत निकालेका छन् ।

भैरहवाका सबै मारबाडी समुदायहरुले हर्षोल्लासका साथ श्यामबाबाको वार्षिक उत्सवमा सहभागी भएको मारबाडी समुदायका अगुवा समाजसेवी क्रृषीकेश अग्रवालले जनाए ।