३१ आश्विन २०८३, शनिबार

इलाम समाज हङकङको पाँचौ अधिवेशन सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ । इलाम समाज हङकङको पाँचौ अधिवेशन तथा विमोचन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा इलाम समाज हङकङबाट प्रकाशन भएका पुस्तकहरु सचित राइको माङखिम निबन्ध सग्रह, स्व डिल्लीराम बाङदेल राइको कविता संग्रह म फुल हु का साथ समाजको स्मारिका इलाम सन्तोषभक्त राजलवटको गीति एल्बम सन्तोष सयुक्त रुपमा साहित्यकार समाजसेवीहरुले विमोचन गरे । कवि शरण सुव्वाले स्वागत भाषणका साथ इलाम स्मारिकामाथि परिचर्चा गरेका थिए ।

साझा साहित्यिक सृखलाका सयोजक लाल वहादुर गुरुङले साहित्य का महत्त्वमा प्रकाश परेका थिए । समीक्षा समाजका हेम कुमार लवाती, शशी मदन राई छत्र सुब्बा प्रताप कोयु राई ले नेपाली साहित्यका महत्वपूर्ण पुस्तक प्रकाशन गरेको मा शुभकामना मन् तव्य राखेका थिए ।

सचित राइको बहुचर्चित पुस्तक माङखिम को विवेचना गर्दै राज कुमार राईले नेपाली वाङमयमा उत्कृष्ट पाठकीय पुस्तक माङखिम ले राजनीतिक समाजिक धार्मिक बैचारिक विश्लेषण गरिएको पुस्तक मा राम प्रसाद राई को स्वाभाविक मृत्यु कि हत्या हो भन्ने सन्दर्भमा खोजमुलक आलेख आएको यसै गरि रत्न कुमार वान्तावा का विषयमा पनि नयाँ पाटावाट विश्लेषण गरिएको छ भने ।

लेखकमा बौद्धिक दृष्टिकोण प्रचुर भएको पुस्तक भित्र धर्म समाज राजनीति बिषयमा विश्लेषणात्मक बिचार आएको छ पुस्तक यश बर्ष प्रकाशित पुस्तकहरुमा उत्कृष्ट पुस्तक भएको वताए । समाज का उपध्यक्ष कवि दिपा एवाइ राई ले सन्चालन गरेको उत्त विमोचन कार्यक्रम को प्रमुख अथिति नेपाली लेखक सघका वैदेशिक उपाध्यक्ष राज कुमार राई र सभाका सभापति समाजका अध्यक्ष विपिन राइले गरेको थिए ।

पहिलो चरणको कार्यक्रम विर्शजन गर्दै विपिन राइले विमोचित पुस्तक म फुल हु को बिषयमा स्व डिल्लीराम राईले आर्थिक आभावले जीवनमा पुस्तक प्रकाशन गर्न नसकेको अहिले उनको हङकङ निवासी तारा कुलुङ राईले प्रकाशनमा सहयोग पुराएको मार्मिक भनाइ राखेको थियोे । कार्यक्रम को दोस्रो चरणमा इलाम समाजको पाचौ अधिवेशनबाट पुन विपिन राई नै अध्यक्षमा निर्बिरोध निर्वाचित भएको छ ।