१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले दोलखा पुगेर भने- ‘आजै मधेशी दलसँग वार्ता’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी दलहरुसँगै आज वार्ता गर्ने बताएका छन् ।

दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग वार्ता र छलफल गर्ने जानकारी दिए ।

सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको प्रधानमन्त्रीको भनाइ छ । घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने उनले बताए ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गरे । भने “मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।