१९ कार्तिक २०८३, बिहिबार

दाङमा बस दुर्घटना हुँदा १० घाइते, ३ को अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

दाङ, २४ फागुन । पश्चिम दाङमा सवारी दुर्घटनामा परि १० जना घाइते भएका छन् । र, तीन जनाको अवस्था गम्भीर छ ।

पुरन्धारा ९ भाँगाबारीबाट तुलसीपुरतर्फ आउदै गरेको ना ५ ख ५७२५ नं को बस सोहि गाविस २ च्याटिखोलामा दुर्घटना हुँदा गाडी चालक धनौरीका ३० वर्षीय बिनोद डाँगीसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय हापुरेका असई झपेन्द्र परियारले जानकारी दिए । उनका अनुसार २४ जना यात्रु सवार बस सडकबाट करिब १० फिट तल खसेको छ ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार पुरन्धारा ८ का ३५ वर्षिय हुकुमा भण्डारी, सोहि ठाउ निवासी ७० वर्षिय अनन्त रोका र पुरन्धारा ८ कै शोभा केसीका छोरा २ वर्षिय किरण केसी गम्भिर घाइते भएको र घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गम्भिर घाइतेहरु सबैको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी खिलतपुरले जनाएको छ ।