बोस्टन । नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (एनडव्लुजीएन न्युइङ्ल्यान्ड च्याप्टर) ले बोस्टनमा परिवर्तनका लागि साहसी बनौँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूर्णिमा सेघलको महिला दिवसको सन्दर्भमा विशेष प्रस्तुति रहेको थियो ।
प्रमुख अतिथी पोखरेलले आफू निर्वाचन आयुक्त हुँदा सांसदमा महिलाहरूलाई ३३५ आरक्षणको लागि गरेको प्रयास सफल भएको प्रसङ्ग सुनाए ।
एलिना प्रधानले महिला सशक्तिकरणका लागि शिक्षाको साथ साथै सम्पतीमा पनि समान अधिकार दिइनु पर्ने कुरा राखिन् ।
एनडव्लुजीएनका अध्यक्ष रुक्मिनी कार्कीले संस्थाले गरेका उपलब्धिहरूको चर्चा गर्दै नारी दिवसको नारा जस्तै महिलाहरू अझ ससक्त हुनुपर्ने कुरा बताइन् ।















प्रतिक्रिया