कृष्णनगर (कपिलवस्तु), २३ फागुन । कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडकखण्ड अन्तर्गत घोरई नाला नजिकै सोमबार टेक्टर पल्टिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान जानेमा कृष्णनगर नगरपालिका १, सेमरा निवासी टेक्टर चालक ४६ वर्षीय साहु मनिहार र कृष्णनगर नगरपालिका ३, छिटौनी २५ वर्षीय सन्तोष यादव रहेका छन् । लु १ त ५४०३ नम्बरको टेक्टर अनियन्त्रित भई सडकदेखि झण्डै ५० फिट तल पल्टिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ ।
मृतक दुवैको शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सञ्जय रिजालले बताउनुभयो । घटनामा परी दुवैको टाउको गहिरो चोट लागेर मृत्यु भएको अस्पताल स्रोतको भनाई छ ।













प्रतिक्रिया