१९ कार्तिक २०८३, बिहिबार

मुसहरले गिरान्चौरवासीलाई बिदाई गर्दा भावुक बने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २३ फागुन । धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिवास–२ मा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीमा एकहप्ते श्रमदान गर्न सिन्धुपालचोकको मेलम्ची नगरपालिका–८ गिरन्चौर एकीकृत नमुना मुसहर बस्तीबाट आइपुगेकालाई बर्दिवासका मुसहरले बिदाई गर्दा भावुक भएका छन् ।

पहाडी जिल्लाबाट श्रमदान गर्न आइपुगेका उनीहरुलाई मुसहर बस्तीका स्थानीयवासीले मधेसको पहिचान ‘गम्छाको पगडि’ लागाएर बिदाई गरेका थिए ।

उनीहरुले गिरान्चौर एकीकृत नमुना बस्तीका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई अबिर लगाएर मायाको चिनो प्रदान गरेका थिए भने गिरान्चौरका स्थानीयवासीको तर्फबाट नमुना बस्तीका अध्यक्ष तमाङले अबिर लगाएर एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाएर मायाको चिनो साटासाट गरेका थिए ।

सो अवसरमा गिरान्चौरवासीले धुर्मुस (सीताराम कट्टेललाई)ढाका टोपी तथा मुसहर बस्तीका बासिन्दाले गम्छा ओढाएर सम्मान गरेका थिए । रासस