१९ कार्तिक २०८३, बिहिबार

सप्तरीमा एमालेको सभास्थल नजिकै बम फेला, डिस्पोज गर्न सेना खटाइयो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

राजविराज, २३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा हुन लागेको सभास्थल जाने बाटोमा शंकास्पद वस्तु फेला परेको छ ।

राजविराज–रुपनी सडक खण्डअन्तर्गत राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल आइपुगेको छ । बम भेटिएको स्थान एमालेले गर्न लागेको सभास्थल नजिकै पर्दछ ।

एमालेले राजविराजको औद्योगिक क्षेत्रमा कडा सुरक्षाका बीच सोमबार दिउँसो आमसभा गर्दैछ ।