३१ आश्विन २०८३, शनिबार

टेक्ससमा एचडिएनपीद्वारा रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल)को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् । रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए ।

मार्च ४ तारिखमा आयोजना गरेको रक्तदान सहित १७ औ पटक त्रैमासिक रुपमा सफलता पूर्वक सम्पन्न गरेको छ ।

आगामी मे २९ तारिख करिब ५ सय जना घरवार बिहिनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् ।

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहीन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ ।