१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ कैलालीमा साउँदको प्यानल विजयी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, २३ फागुन । नेपाल पत्रकार महासंघ कैलालीमा जगत साउँद नेतृत्वको प्यानल विजयी भएको छ ।

महासंघको नवौं जिल्ला अधिवेशनले संयुक्त प्यानलका साउँदलाई अध्यक्षमा चयन गरेको हो ।
सोमबार बिहान सार्वजनिक मत परीणाम अनुसार १८ सदस्यीय कार्यसमिति, केन्द्रीय पार्सद तथा क्षेत्रीय पार्सदमा साँउद नेतृत्वको प्यानल एकलौटी विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित साउँदले निटकतम प्रतिस्पर्धी हिक्मत रावललाई २२ मतले अन्तरले पराजित गरे । साउँदले १०२ तथा रावलले ८० मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्ष टंक कुँवर (१०८), उपाध्यक्ष दुर्गा देवकोटा (महिला १०४), सचिव मीन ठकुरी (११०), कोषाध्यक्ष हिमाल जोशी (१०३) कोषाध्यक्ष श्रवण देउवा (१०४) र सहसचिव समावेशीमा राम दहित (१०१) विजयी भएका छन् ।

त्यस्तै, सदस्यमा तपेन्द्र कुँवर (१०९), सुरज साउँद (१०८), दीलबहादुर चौधरी (१०५), छविलाल जैशी (१०३), देवानन्द न्यौपाने (१०३), भीम विक (१०२), कृत विष्ट (१०१) ठागुराम कठरिया (९७), रवीना चौधरी महिला १०४), सुनिल आउजी (दलित १०७) र दिनेश दहित (समावेशी जनजाती १०३) विजयी भएका छन् ।