३१ आश्विन २०८३, शनिबार

मलेसियामा फेरि नेपालीबाटै नेपाली ठगिए, नेपाली दाजुभाईको लाखौं कुम्ल्याएर भागे कुलबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया । मलेसियामा नेपालीहरुबाट नेपालीहरु नै ठगिने क्रम बढेको छ । फेरि एक जना नेपालीले आफ्नै दाजुभाईको लाखौं कुम्ल्याएर हिँडेका छन् ।

झापा हल्दिबारी घर भई क्वालालम्पुरका कुलबहादुर कडरिया बिरामी नै नभएकी आमाको अपरेशन गर्नुछ भनेर संगै काम गर्ने साथीहरुसंग पैसा उठाएर भागेका हुन् । उनी मलेसियाको जीएस पेपर एण्ड प्याकिङ कम्पनीमा कार्यरत थिए ।

कडरियाले ९ जना नेपालीहरुसँग २२ हजार ९८ मलेसियन रिंगेट अर्थात् ५ लाख ३० हजार रुपियाँ उठाएका थिए। कुलबहादुर एकाएक बेपत्ता भएपछि आफूहरुले नेपाली दूतावासमा उजुरी दिएको पीडित मध्येका एक कृष्ण खनालले बताए ।

ठगिनेमा पाल्पाका शम्भु खांड र गोबिन्द राक्से, बागलुङका गोपाल बिके थापा, रौतहटका धर्मेन्द्र चौधरी, सप्तरीका कृष्णदेव चौधरी र जिवछप्रसाद यादव, रुपन्देहीका शिवकुमार यादव ,कपिलवस्तुका कृष्ण खनाल, झापाकै धर्मराज बजगाई रहेका छन् ।

पीडितहरुको आग्रहमा कुलबहादुरलाई पक्राउ गर्न अपराध महाशाखा टेकु, केन्द्रीय अनुसन्धान ब्यूरो र हेल्लो सरकारमा उजुरी परिसकेको बताइएको छ ।