पाँचथर, २२ फागुन । पौवासारताप गाविस ३ का ३१ बर्षीय एलिया नेम्वाङलाई एक थान अवैध भरुवा बन्दुकसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
नेम्वाङलाई आज दिउसो १ः३० बजेको समयमा भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा गस्ती प्रहरीले पक्राउ गरेको हो ।
उनी गाउँ घरमा बन्दुक देखाई आवत जावत गर्ने, स्थानियहरुलाई धाक धम्की दिदै हिडेको सुराकीको जानकारीका आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
तत्कालिन माओवादी विप्लव समूहले आह्वान गरेको बन्द हड्तालमा सवारी साधनमाथि तोडफोड गरेको आरोपमा उनीविरुद्ध सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको थियो । र, प्रहरीले नेम्वाङलाई खोजिरहेका थिए ।
नेम्वाङलाई हात हतियार तथा खरखजना मूद्धा अन्र्तगत मूद्धा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरी अनूसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ ।













प्रतिक्रिया